Breaking News

एसिया कप क्रिकेट उपाधिको लागि भारत र श्रीलंका भिड्दै

काठमाडौं । एसिया कप क्रिकेटको फाइनल खेल आज हुँदैछ । एसिया कप क्रिकेटमा बलियो इतिहास बनाएका भारत र श्रीलंकाबीच उपाधिका लागि आज प्रतिस्पर्धा हुँदैछ । दुई टोली उपाधिका लागि नवौंपटक आमुने–सामुने हुन लागेका हुन् ।

भारत र श्रीलंका बीचको खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा आइतबार दिउँसो सवा ३ बजे सुरु हुनेछ । हालसम्म भारतले सबैभन्दा धेरै ७ पटक एसिया कपको उपाधि जितेको छ । भारतपछि श्रीलंकाले ६ पटक एसिया कपको उपाधि जितेको छ ।

उपाधिका लागि भारत र श्रीलंकाबीच ८ पटक भिडन्त भएको छ । उपाधिका लागि भएका ८ मध्ये ५ प्रतिस्पर्धामा भारत विजयी भएको छ । श्रीलंकाले भारतलाई हराएर ३ पटक उपाधि जितेको छ ।