कोरोना संक्रमित भाग्न खोजिए गोली समेत हान्न आदेश

२ जेठ, काठमाण्डौ । कोरोना संक्रमित बढ्नै क्रम पर्सामा नरोकिएपछि त्यहााका कोरोना संक्रमित समेत भाग्न थालेपछि पर्सामा जिल्लामा रहेका कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न पाउने भएका छन् ।

अस्ति बुधबार संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाकर्मीहरूलाई अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने अधिकार दिएको हो ।

हिजोको बैठकले हामीलाई अधिकार दिएको हो,’ एसपी पन्तले
भनिन् ।
गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा दुई जना संक्रमित भेन्टिलेसन फोडेर भागेका थिए ।

प्रहरीले उनीहरूलाई सोही दिन पक्राउ गरेको थियो ।
उक्त घटनालाई मध्यनजर गर्दै केन्द्रले अस्पतालबाट भाग्न नदिन यस्तो निर्णय गरेको हो ।

सुरक्षाकर्मीलाई संक्रमित भागेमा नियन्त्रण लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने तथा गोली समेत चलाउन पाउने अधिकार दिने निर्णय गरेको हो ।

उक्त बैठकको अध्यक्षता प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले गरेका थिए ।
बैठकमा नारयणी अस्पतालका डा. मदन उपाध्याय, प्रमुख सेनानी मदनजंग राणा,प्रहरी उपरीक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवर लगायत सहभागी रहेको थियो ।