काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधन भएको छ । नेम्वाङलाई २६ गते राती असहज भएपछि परिवारले अस्पताल लादालादै हट्याटक भएको थियो । अस्पतालमा गरिने सबै विधि पुरा गरेर पनि प्रयास गर्न नसकेपछि करिब आधा घन्टापछि डाक्टरको टोलीले नेता नेम्वाङको मृत्यु भएको पुष्टि गरेको थियो । मंगलबार राति १ बजे काठमाडौंको बालुवाटर आफ्नै निवासमा अचानक असहज पछि हृदयघात महाराजगन्ज स्थित टिचिङ अस्पताल लगिएको थियो। तर ह्दयघातका कारण नै अस्पतालमा पुर्याउँदा निधन भइसकेको अस्पताल स्रोतले बतायो। राती १ः५० मा डाक्टरको टोलीले उनको मृत्यु भएको जानकारी दिएपछि उनको मृत्युको खबर सामाजिक सञ्जालबाट सवत्र छरिएको थियो ।
नेम्वाङको मृत्युको खबरपछि प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत नेता, कार्यकर्ता र बाक्लो मात्रामा सर्वसाधारणको भिड लागेको थियो ।
मंगलबार नै पार्थिव शरीरलाई टिचिङबाट ल्याएर श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखेर दिनभरि पार्टी कार्यालयमा राखिने श्रद्धाञ्जली दिइएको थियो भने आज उहाँकै निवास बालुवाटार लिएर राखिने भएको छ भने भोलि राजकीय सम्मानका साथ अन्तिम दाहासंस्कार गरिने बताइएको छ । मंगलबार नै अचानक बसेको मन्त्रीपरिषद्को बैठकले उनको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने र अन्तिम दाहासंस्कार दिन उनकोे योगदानलाई सम्झेर देशभरी शोक विदा दिने समेत निर्णय समेत गरेको थियो ।
नेता नेम्वाङको निधनले समग्र राष्ट्रलाई नै अपूर्णीय क्षति भएको छ । मंगलबार बिहानै देखि सामाजिक सञ्जाल फेसबुुक, टिकटक, इक्ष्टाग्राम, अनलाइन पत्रपत्रिकामा उनको मृत्युको खबर प्रचारप्रशार र श्रद्धाञ्जली दिनेको नगन्य संख्या देखिन्थ्यो । उनको मृत्युको खबरले देशमा नै सन्नाटा छाएको थियो भने राजनीतिक तथा अन्य सरकारी निर्धारित कार्यक्रम रोकिएका थिए ।
इलाम क्षेत्र नं २ बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए । उनी इलाम २ बाट २०५६ सालदेखि संसदीय चुनावमा निरन्तर विजयी हुँदै आएका थिए । २०४८ सालदेखि २०५२ सालसम्म उनी राष्ट्रिय सभाका सांसद बनेका थिए । २०६३ सालमा पहिलोपटक सभामुख बनेका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख बनेका थिए।
पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो।
२०५१ सालमा न्याय, कानुन तथा संसदीय मन्त्री बनेका नेम्वाङ २०५६ सालमा लेखा समिति सभापति बनेका थिए । उनकै कार्यकालबाट संसदीय समितिमा पत्रकारलाई प्रवेश दिन सुरू भएको हो।
स्नातक अध्ययनका क्रममा २०२८र२०२९ सालमा अनेरास्ववियुबाट इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति बनेका नेम्वाङ २०२८ सालदेखि राजनीतिमा निरन्तर सक्रिय थिए।२०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोओर्डिनेशन केन्द्र मालेमा संगठित भएका नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै २०७८ मा एमालेको उपाध्यक्ष बनेका हुन्।
पञ्चायती निरङ्कुशताविरूद्धको राजनीतिक आन्दोलनका क्रममा पटक(पटक सार्वजनिक सुरक्षा अन्तर्गत नजरबन्दमा परेका नेम्वाङ प्रधानमन्त्री तुलसी गिरीको पालामा चलाइएको राजकाज मुद्दामा ७ महिना जेल परेका थिए।
वरिष्ठ अधिवक्ता समेत रहेका नेम्वाङले केही समय नेपाल ल क्याम्पसमा पढाएका थिए। प्रध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाएका नेम्वाङ नेपाल बार एसोसिएसनको पूर्व महासचिव समेत हुन्।
पार्टीभित्र र राष्ट्रिय राजनीतिमा समेत समन्वयकारी भूमिका खेल्न सक्ने नेम्वाङ स्वच्छ र इमान्दार छवि भएका नेता थिए। शालीन स्वभावका नेम्वाङले आफूलाई भेट्न चाहानेहरूसँग सहज पहुँचमा रहन्थे।
नेम्वाङको अन्तिम संस्कार भने अष्ट्रेलियाबाट छोरा आएपछि मात्रै हुनेछ । एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर अन्तिम संस्कार गरिनेछ ।
स्नातक अध्ययनका क्रममा विसं २०२८÷२०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेएका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति भएका थिए ।
विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र ९माले०मा सङ्गठित एमाले केन्द्रिय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए ।
नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष÷सभामुख थिए ।
उनले विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए ।
त्यसैगरी विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका स्वं नेम्वाङ वरिष्ठ अधिवक्तासमेत रहेका थिए ।