सन्दीप लामिछानेविरुद्ध रिटमा : किशोरी ‘गौशाला २६’को जन्मदर्तासम्बन्धी कागजात झिकाउने आदेश

२१ भदौ, काठमाडौं । सन्दीप लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरी ‘गौशाला २६’को जन्मदर्तासम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ ।

न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँको कागजात भए झिकाउन आदेश दिएको हो ।

बहसका क्रममा सन्दीपका वकिलहरुले त्यही माग गरेका थिए ।