गृहको सहमतिपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाण्डौ यात्राको पास प्राप्त

२ जेठ, काठमाण्डौ । निजी भ्रमणमा झापा पुगेका पूर्व राजदम्पत्ति कोरोना लकडाउनका कारण झापामै रोकिएका थिए । तर, लकडाउन लम्बिदै गएपछि उनले राजधानी काठमाण्डौं फर्किन चाहे तर उनीसँग पुरानो पास थियो जो पास गृहले हिजो नै रद्ध गरिदिएपछि उनी झापमै रोकिएका थिए । पछि गृह मन्त्रालयको सहमति लिई झापाको जिल्ला प्रशासन कार्यालयले सवारी पास दिएपछि पूर्वराजा ज्ञानेन्द्र शाह आज शुक्रबार झापाबाट काठमाडौंतर्फ आएका छन् ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गृह मन्त्रालयको सहमति लिई हिजो बिहीबार साँझ नै सवारी पास दिएको बताएका छन् ।

ज्ञानेन्द्र शाहका सहयोगीले इमेलमार्फत सवारी पास लिन निवेदन दिएपछि जिल्ला प्रशासन कार्यालय झापाले शुरुमा पास दिएको थियो । तर गृह मन्त्रालयको स्वीकृति नलिई सवारी पास दिन नपाइने भएपछि प्रशासन कार्यालयले उक्त पास रद्ध गरेको थियो ।