Breaking News

एसिया कप क्रिकेटमा नेपाल भारतसँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १० विकेटले पराजित

काठमाडौँ । एसिया कप क्रिकेटको हिजो खेलिएको खेलमा पहिलो पटक प्रतियोगितामा समावेश नेपालले सात पटकको च्याम्पियन भारतसँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १० विकेटले पराजित भएको छ ।

पहिले ब्याटिङ पाएको नेपालले ४८.२ ओभरमा अलआउट हुनुअघि दुई सय ३० रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले २.१ ओभरमा कुनै विकेट नगुमाई १७ रन बनाएपछि वर्षा सुरु भएको
थियो ।

त्यतिबेला भारतका शुभमन गिल अविजित १२ र कप्तान रोहित शर्मा अविजित चार रन बनाउँदै क्रिजमा थिए ।

वर्षाका कारण लामो समय खेल अवरुद्ध भएपछि भारतले २३ ओभरमा जितका लागि एक सय ४५ रन बनाउनु पर्ने गरी नयाँ लक्ष्य पाएको थियो । भारतीय टोलीले उक्त लक्ष्य २०.१ ओभरमा कुनै पनि विकेट नगुमाई पुरा गरेको थियो । भारतका लागि कप्तान रोहित शर्माले अविजित ७४ र शुभमन गिलले अविजित ६७ रनको योगदान गरे ।