श्रीलंकामा भएको जारी क्रिकेट खेलमा भारतविरुद्ध राम्रो सुरुवात गरेको छ।
श्रीलंकाको पल्लेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ९ ओभरमा विकेट नगुमाइ ५३ रन जोडेको छ।
नेपालका लागि कुशल भुर्तेलले २९ रन र आसिफ शेखले २० रन जोडेका छन्।
भुर्तेलले छैटौं ओभरमा भारतका मोहमद सिरिजलाई लगातार चौका र छक्का हिर्काएका थिए।
यद्यपी भुर्तेलको पहिलो ओभरमा श्रेयस अय्यरले र चौथो ओभरमा इशान किसनले क्याच छाडेका थिए। यस्तै आसिफको क्याच दोस्रो ओभरमा विराट कोहलीले छाडेका थिए।