काठमाडौँ । महानगरपालिकाका मेयर बालेन शाहले आफ्नी श्रीमती सवार काठमाण्डौं महानगरपालिकाको गाडीलाई प्रहरीले रोकेको बिषयमा सामाजिक सञ्जालबाट सिंहदरबार नै जलाउने चेतावनी दिएपछि काठमाडौँ प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले मेयर शाहको अभिव्यक्तिबाट सुरक्षा निकाय र प्रशासन हतोत्साहित भएको बताएका छन् ।
एकजना तल्लो तहको ट्राफिक प्रहरीले राति ९ बजे पनि आफ्नो जिम्मेवारी इमानदारिता पूर्वक निभाएका छन् । मेयरले त यसलाई धन्यवाद दिनुपर्ने हो । तर सुरक्षा निकाय र प्रशासनलाई नै गाली गर्ने, धम्की दिने जस्ता काम किन गर्नुभएको हो, हामीले बुझेका छैनौँ । सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी पूरा गरेका हुन् । तर उहाँले कानुन नै मान्दिन भन्नुहुन्छ भने, त्यो अर्कै कुरा हो । यस प्रवृत्तिले हामीलाई हतोत्साहित बनाएको छ ।