१७ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको लामोसाँघु(जिरी सडकखण्डको पाँचकिलो नजिकै जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी बिहान दुई बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोकका बलबहादुर खत्रीको मृत्यु भएको छ । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । ।