नवलपरासी । पूर्वी नवलपरासीको गैंडाकोटमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । गैंडाकोट नगरपालिका–२ एसपीएम चोक बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी हुन् ।
प्रहरीका अनुसार अहिले उनको अवस्था गम्भीर रहेको छ । श्रीमानसँग सामान्य झगडा भएपछि कोठाभित्र पसेर चुक्कल लगाएर आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।
आगलागीबाट गम्भीर घाइते भएकी उनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ती महिलाको शरीरको माथिल्लो भाग र अनुहारसहित शरीको ४० प्रथिशत भाग आगो जलेको प्रहरीको भनाइ छ ।