धनुषमा ट्रकको ठक्करबाट स्टाप नर्सको मृत्यु

१ जेठ धनुषा । लकडाउनकै क्रममा आज धनुषामा ट्रकको ठक्करबाट एक जना स्टाप नर्सको मृत्यु भएको छ ।
आज बिहिबार मिथिला नगरपालिका वडा नम्बर ४ स्थित पुष्पवलपुर स्थित स्वास्थ्य चौकीमा कार्यरत रहेकी २२ वर्षिय चन्द्ररेखा यादवको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कार्कीले जानकारी दिए ।
दिउँसो करिब ४ बजेति पूर्वबाट पश्चिमतर्फ आइरहेको को १ ख २६२७ नम्बरको मालबाहक ट्रकले मृतक सवार रहेको बा५२प ८६४८ नम्बरको मोटरसाइकललाई पुष्पवलपुर चोकमा ठक्कर दिएको थियो ।

ठक्करबाट जनकपुर उपमहानगरपालिका स्थित जमुनिया बस्ने २० वर्षिय मोटरसाइकल चाकल सिदार्थ यादव, मृतक चन्द्ररेखाको ४ बर्षिय छोरी माही यादव, नाम नखुलेको २ बर्षिय छोरा घाइते रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।