४ भदौ, काठमाडौं । सानोठिमीस्थित बाल सुधार गृहबाट कैदीहरु भागेपछि उपत्यकाभरि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरमा सुरक्षाकर्मीहरु हाई–अलर्टमा रहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए । ‘भागेर उपत्यकाका अरु जिल्लामा पनि गएको देखिएकाले सबैतिर प्रहरीलाई खबर गरेका छौं’, उनले भने, ‘केही नियन्त्रणमा समेत आएका छन् ।’
जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार, सशस्त्र र जनपथ प्रहरीलाई समेत आक्रमण गरेर कैदीहरु भागेका थिए । सुधार गृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका २९९ जना थिए । तीमध्ये २५६ जना पुरुष थिए ।
बस्नेतको मृत्युबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानबिन समिति बनाएको छ ।