काठमाडौं । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशमा केन्द्रीय सदस्यहरूको कार्य विभाजन टुङ्गिएको छ ।
१० वटा जिल्ला रहेको कर्णाली प्रदेशमा हुम्लाको इन्चार्ज झकबहादुर मल्ल, मुगुको गोमा गौतम कुँवर, जुम्लाको छिमि लामा, कालिकोटको टेकबहादुर बस्नेत र दैलेखको गोपाल शर्मा इन्चार्ज छन् ।
यसैगरी सुर्खेतमा पूर्वमुख्यमन्त्रीसमेत रहेका महेन्द्रबहादुर शाही इन्चार्ज रहेका छन्, सोही जिल्लामा पूर्वमन्त्री बिन्दामान बिष्ट केन्द्रीय सदस्यको रूपमा रहेका छन् ।
त्यस्तै जाजरकोटमा बसन्त शर्मा, सल्यानमा नरेश भण्डारी, रुकुममा गगन खड्का र डोल्पामा नरबहादुर बिष्ट इन्चार्ज तोकिएका छन् ।
साउन (१७–२१)सम्म बसेको केन्द्रीय समितिको निर्णय बमोजिम अन्तरजिल्ला हेर्ने गरी केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।
यसैगरी प्रदेशभित्रका सबै नगरपालिका र गाउँपालिकाको जिम्मेवारीसमेत टुङ्गिएको छ ।