काठमाण्डौ । प्रधानमन्त्री ‘प्रचण्ड’ले स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बोल्ने क्रममा भोलिदेखि संसदको अवरोध हट्ने बताएका छन्। संसदको अवरोध हटाउने विषयमा आज साँझसम्म प्रयास बढाउने उनले बताए। अवरोध हटाउन आफूले विगतदेखि नै भरमग्दुर प्रयास गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।
यसका लागि राष्ट्रपति, सभामुख र गठबन्धनमा पनि छलफल भएको उनले बताए।
‘हिजोमात्रै बालुवाटारमा सभामुखसँग छलफल गरेँ। आज बेलुकासम्म प्रयास बढाउँदै छौं । आशा गरिएको छ भोलि खुल्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
साउन २९ गते बसेको प्रतिनिधि सभा बैठकमा एमालेले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले भदौ ३ गते बस्नेगरी त्यस दिनको बैठक स्थगित गरेका थिए।