Breaking News

देशको अवस्था हेर्दा आँसु आउने र दिक्क लाग्ने

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशको अवस्था हेर्दा आँसु आउने र दिक्क लाग्ने बताएका छन् । नयाँ बानेश्वरस्थित वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालको निवासमा बुद्धिजीवीहरूसँग भएको नियमित अनौपचारिक छलफलका क्रममा शनिवार कोइरालाले सो कुरा बताएका हुन् ।

‘नत हामी ठिक भयौँ, न काम गर्ने शैली, जता हेर्‍यो भताभुङ्ग र लथालिङ्ग छ। चित्त बुझाउने कतै केही छैन’ कोइरालाले भने। कोइरालाले देश यतिबेला असाध्यै अप्ठ्यारो अवस्थामा परेको बताए । ‘कुनै पनि काण्ड आउँछ त्यसको अनुसन्धान टुङ्गोमा नपुग्दै तुहिन्छ, अनि जनतालाई हामीले के जवाफ दिने ?’ कोइरालाले गुनासो पोखे ।

छलफलका क्रममा कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करीको अखडा बनिसकेकाले अन्तर्राष्ट्रिय समुदाय सामु देशको साख गिरेको बताए ।