Breaking News

आज दिउँसो र राति कोशी र बागमतीका एक दुई स्थानमा भारी वर्षाको सम्भावना

पर्वतमा धेरै भारी वर्षा मापन भएको छ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पुर्वानुमान् महाशाखाका अनुसार पछिल्लो चौबिस घन्टामा कार्कीनेता आसपास धेरै भारी वर्षा मापन भएको हो।

महाशाखाका अनुसार त्यहाँ पछिल्लो चौबिस घन्टामा १२३।६ मिलिमिटर वर्षा मापन भएको छ।

आज बिहान साढे २ बजे इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिन्धुपाल्चोक, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रूपन्देही र आसपासका जिल्लाहरूमा मध्यमदेखि भारी वर्षा मापन भएको थियो।

मौसम विज्ञानमा ५० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा, १०० मिलिमिटर भन्दा धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा भनिन्छ।

आज दिउँसो र राति कोशी र बागमतीका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। अन्य स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जानकारी दिएको छ।