बागमती प्रदेशमा मन्त्रालय फुटाएर १२ पुर्याइयो

२१ साउन, काठमाडौं । बागमतीमा मन्त्रालय टुक्राएसँगै बागमतीमा १२ मन्त्रालय पुगेको छ । नेपाली कांग्रेसका रामकृष्ण चित्रकार उद्योग तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।

७ जेठमा शपथ लिएका चित्रकार झण्डै साढे दुई महिना विना विभागीय थिए । तर आइतबार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरेर थपिएको उद्योग तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी चित्रकारलाई दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले बताएको छ । पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय फुटाएर चित्रकारलाई जिम्मेवारी दिइएको हो ।