काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । साँझ ५ बजे बस्ने बैठकले प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी गरेको छ ।
यसअघि प्रधानन्यायाधीश सिफारिस गर्न मंगलबार पनि बैठक बसेको सिथयो । उक्त बैठक बैठकले कुनै निर्णय गर्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । साउन २० गतेदेखि प्रधानन्यायाधीश पद रिक्त हुँदै छ ।
उमेर हदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जाने भएकाले न्यायालय फेरि कायममुकायमले चलाउने अवस्था बनेको छ । प्रधानन्यायाधीश बन्ने लाइनमा सर्वोच्चका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई रहेका छन् ।
त्यस्तै अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फूयाल र मनोजकुमार शर्मा रहेका छन् ।
माथिका ११ न्यायाधीशमध्येबाट आज एक जनाको नाम सिफारिस हुनेछ । त्यसपछि संसदीय सुनुवाइमार्फत सरकारले आगामी प्रधाननन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनेछ ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेपछि पनि संसदीय सुनुवाइको प्रक्रियासहित नियुक्त हुन समय
लाग्नेछ । त्यसैले न्यायपालिकाको नेतृत्व फेरि कामु हुने निश्चित भएको छ ।