Breaking News

लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समितिले संसद् भवन घेराउ

काठमाडौँ । लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समिति नेपाल केन्द्रीय समितिले संसद् भवन घेराउ गर्ने गएपछि प्रहरीसँग झडप भएको छ ।

विभिन्न माग राख्दै विरोध जुलुस सहित संसद् भवनतर्फ अघि बढेको जुलुस र प्रहरीबीच वानेश्वरमा झडप भएको हो ।

पीडितहरुले नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न तथा समाजवादी अर्थतन्त्रको विकास गर्न माग लगाएतका माग राख्दै बानेश्वर गएका थिए ।