Breaking News

इलाका प्रहरी कार्यालय बागलुङको भिमगिठेका इन्चार्ज उज्वल पौडेल पासो लगाएको अवस्थामा मृत फेला

काठमाडौं । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् ।

बडिगाड गाउँपालिका–६ स्थित आशा होटलको तल्लो तलामा राति पर्दाले पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेका हुन् ।

अनुसन्धानका लागि होटेल साहुनी र उनका छोरालाई चौकी लगिएको बुझिएको छ ।

लेखक : कृष्णबहादुर कार्की