Breaking News

लोकसेवा तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक शब्दसहितको प्रश्नोत्तर राखिएकोमा अखिल (क्रान्तिकारी) विरोध प्रर्दशन गर्नुका साथै पुस्तक जलायो

लाेकसेवा तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक शब्दसहितकाे प्रश्नाेत्तर राखिएकाेमा अखिल(क्रान्तिकारी) केन्द्रिय समितिले आज माइतिघर मण्डलामा विराेध प्रर्दशन तथा कथित पुस्तक जलाउने कार्यक्रम सम्पन्न भएकाे छ। उक्त कार्यक्रमकाे संचालन अखिल(क्रान्तिकारी)का सचिवालय सदस्य शाेभा सेन्चुरीले गर्नुभएकाे थियाे।

No description available.

विराेध कार्यलयमा अखिल(क्रान्तिकारी)का केन्द्र कार्यलय सदस्य नवराज भट्टले महिला माथि हुने अत्याचार विरुद चुप बस्न नहुने बताउनु भयाे भने,कार्यक्रमा अखिल(क्रान्तिकारी)का केन्द्रिय सह-संयाेजक शिलु न्याैपानेले विराेध कार्यक्रममा वैद्धिक अपराध गर्ने राम एक्वाल दासले सर्वजनीक पदमा अासिन लेखकले पदबाट राजिनामा दिएर तत्काल प्रकाश वितरणमा राेक लगाउनु पर्ने अाम रुपमा माफि माग्नु पर्ने बताउनुभयाे। उक्त कार्यक्रम मा अखिल(क्रान्तिकारी)का केन्द्रिय सह-संयाेजक पेशल दाहाल,सचिवालय सदस्य गाेविन्द विष्ट लगायत विधार्थीहरु नेताहरु विराेध प्रर्दशनमा उत्रिए थिए ।

No description available.

अखिल(क्रान्तिकारी) नारा जुलुस सहित अाफ्ना अाक्राेस विराेध प्रर्दशनमा देखाएका थिए। उक्त कार्यक्रम पछि उनिहरुले उक्त विराेधाभाष पुस्तक जलाएका थिए।विधा विकास पब्लिकेसन प्रा.लि काठ्ठमान्डौद्धारा प्रकासित उक्त पुस्तककाे प्रकाशन तथा वितरण कार्यलाइ पूर्ण रुपमा बन्द गर्न अखिल(क्रान्तिकारी)ले माग गरेकाे छ। कथित लेखक श्री राम एक्वल दासले लाेकसेवाकाे गेमस्काउट,वन रक्षक सफलताकाे साथी पुस्तकमा महिलाबारे अापत्तिजनक शब्द सहितकाे प्रश्नाेत्तर राख्नेलाइ कार्वाही वन तथा वातावरण मन्त्रालय का सार्वजनिक पद धारण गरेका हुदा तत्काल वर्खास्त गर्न सम्बन्धित पक्षलाइ जिम्मेवार हुनु पर्ने बारे बतायका छन्।

No description available.

अखिल(क्रान्तिकारी) ले भ्रमपूर्ण तरिकाले सम्वन्धित पक्षले मागि मागेता पनि सार्वजनिक रुपमा अाम माफि माग्नु पर्ने र प्रकाशन वितरण नराेके सम्म अखिल(क्रान्तिकारी) चुप नबस्ने कुरा अखिल(क्रान्तिकारी)का केन्द्रिय सह-संयाेजक शिलु न्याैपानेले बताउनुभयाे।

No description available.