Breaking News

कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि बस्दै : सभापति र महामन्त्रीद्वयले जवाफ दिने

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि बस्दैछ।

अपराह्न ३ बजेदेखि सुरू हुने बैठकमा आज सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले केन्द्रीय सदस्यहरूले राखेको धारणामा जवाफ दिनेछन्।

असार २ गतेदेखि जारी बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० एजेन्डा र महामन्त्री गगन थापाले प्रस्तुत गरेको वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए।

ती विषयमा आइतबारसम्म केन्द्रीय सदस्यहरूले आ-आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए। सहमहामन्त्रीहरूले आइतबार नै बोलिसकेका छन्।

केन्द्रीय सदस्यहरूको धारणा तथा सुझावको आज सभापति र महामन्त्रीहरूले जवाफ दिएपछि बैठकमा बोल्ने क्रम सकिनेछ।

बैठकमा प्रस्तुत भएको दस एजेन्डाबारे आजै वा भोलि निर्णय हुन सक्नेछ।