काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामनिा प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।
उनलाई नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान विभाग सीआईबीले जोरपाटीस्थित निवासबाट पक्राउ गरेको हो ।