काठमाडौं। नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आज पनि बस्दैछ । बैठक सानेपा, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बिहान ११ बजे बोलाइएको छ ।
गत मंगलबार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा हिजोबाट केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ ।हिजाको केन्द्रीय कार्यसमिति बैठकमा आमन्त्रित जिल्ला सभापतिहरुसहित झन्डै चार दर्जन केन्द्रीय नेताहरुले धारणा राखिसकेका थिए ।
जसअनुसार नैनसिंह महर, जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार बुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ, नारायणबहादुर कार्की, मानबहादुर नेपालीलगायतले आफ्नो धारणा राखिसकेका छन् ।
यस्तै, हिजोको बैठकमा गोविन्दबहादुर शाह, डा। रणबहादुर रावल, दिलमान पाख्रिन, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, गुरु बराल, कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह, सुशिला भट्ट मिश्र, नागिना यादव, नानु वास्तोला, मदनकृष्ण श्रेष्ठ, नृपबहादुर बड, कान्तिका सैजुवाल, सुशीला थिङ्ग, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), गणेश लामा, रुपा विक, विद्यादेवी तिमिल्सीना, शान्ति परियार विक, जीवन राना, राधा घले, रुक्मिणी कोइराला, उर्मिला थपलिया, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई, लक्ष्मी खतिवडा, गंगा शाही र सीतादेवी देवकोटाले पनि आफ्नो धारणा राखिसकेका हुन्।
हिजोको बैठकमा ४६ जनाले आफ्नो धारणा राखेको कांग्रेसले जनाएको छ । आज पनि केन्द्रीय सदस्यहरुले आ आफनो धारणा राख्ने छन् ।