Breaking News

समाजवादी मोर्चाको तीन निर्णय चार-चार महिनामा नेतृत्व परिवर्तन हुने

समाजवादी मोर्चाको बैठक हिजो बालुवाटारमा बसेको तीन निर्णय गरेको छ । बैठकमा नकेपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको मोर्चा रहेको छ ।

बैठकले चार-चार महिनामा नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको छ।

यसअघि उसले ६-६ महिनामा नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको थियो। मोर्चाको अध्यक्षता अहिले नेकपा समाजवादी एकीकृतका अध्यक्ष माधवकुमार नेपालले गरिरहेका छन्।

समाजवादी मोर्चाको नेतृत्व आलोपालो प्रणालीअनुसार हुनेछ।

त्यस्तै शनिबार बसेको बैठकले जिल्ला तहसम्म संरचना बनाउने निर्णय गरेको छ ।

बैठकले साउनको १२ गतेपछि सातै प्रदेशमा मोर्चाको आवश्यकता र औचित्य बुझाउने गरी भेला गर्ने निर्णय गरेको छ ।