Breaking News

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त

२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् ।

बुधबार ट्वीटरमार्फत उनले सीता दाहालको निधन भएको खबरले मर्माहत भएको उल्लेख गरेका छन् । उनले प्रधानमन्त्री प्रचण्डप्रति समवेदना व्यक्त गरेका छन् भने सीता दाहालको आत्माको चीरशान्तिको कामना गरेका छन् ।

उनले ट्वीटरमा नेपालीमा नै लेखेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । @cmprachanda प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु । ॐ शान्ति।’