Breaking News

आगामी जेठ ५ गतेसम्म रौतहट बन्द

३१ वैशाख, रौतहट । स्थानीय प्रशासनले अगामी जेष्ठ ५ गते सम्मका लागी रौतहटलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको निर्देशन तथा जिल्ला सुरक्षा समितिको बुधवार बसेको बैठकले अगामी ५ गतेसम्मको लागी लकडाउनलाई पूर्ण रुपमा कडाई गर्ने निर्णय गरेको हो ।
छिमेकी जिल्लाहरुमा कोभिड–१९ का संक्रमितको संख्या ह्वात्तै बढेको र सोही परिस्थितिलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी वाशुदेव घिमिरेले जानकारी
दिए । सो निर्णय भोलि बिहान १२ बजेदेखि लागू हुुने जनाइएको छ । बन्दको बेला सम्पूर्ण बजार, व्यवसाय तथा व्यापारिक प्रतिष्ठान बन्द रहने जनाइएको छ । अत्यावश्यक सामग्रीको आपूर्ति बिगतकै जस्तो होम डेलिभरीबाट गरिनेछ । साथै यसअघि बनाइएको सम्पूर्ण सवारी पास रद्ध गरिएको छ ।
अत्यावश्यक कामका लागि जिल्ला बाहिर आवतजावत गर्दा यस जिल्लाका साथै सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिनुुपर्ने जनाइएको छ । बन्दको अवज्ञा गर्नेमाथि नियमानुसार कार्वाही गरिने जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख गरेको छ ।