Breaking News

महानगरपालिकाको कार्यालय अगाडि स्वतन्त्र युवाहरुको समूहले ‘गरिखान देऊ’ भन्दै विरोध

२७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ तथा साना व्यापारीमाथि ज्यादती गरेको भन्दै विरोध प्रदर्शन भएको छ ।

महानगरपालिकाको कार्यालय अगाडि स्वतन्त्र युवाहरुको समूहले ‘गरिखान देऊ’ भन्दै विरोध गरेका हुन् ।

उनीहरुले महानगरपालिकका मेयर बालेन्द्र साह (बालेन) ले चुनाव अगाडि ‘गरिबको चमेली बोलिदिने कोही छैन’ भन्दै गाएको गीत गाउँदै विरोध गरेका थिए ।

महानगरपालिकाका नगर प्रहरीहरुले फुटपाथ खाली गर्ने नाममा जीविकोपार्जन गर्ने मान्छेहरुलाई काठमाडौंमा टिक्नै नदिएको भन्दै विरोध गरेका सहभागी युवा प्रसजु मैनालीले बताए ।

‘महानगरपालिका भित्र भएका गरिखाने वर्गलाई अवमूल्यन गरेर सहरको सौन्दर्यता राम्रो कदापी हुन सक्दैन । सहरभित्रका फुटपाथ तथा साना व्यापारीहरुलाई निश्चित स्थान दिएर विकल्प दिनुपर्ने ठाउँमा विस्थापन गरिरहेकोले हामीले विरोध गरेका हौं,’ अनलाइनखबरसँग मैनालीले भने ।

काठमाडौं महानगरपालिकाको प्रवृत्तिको विरोध गरेको भन्दै पात्रको विरोध नगरेको दाबी गरे ।

महानगरको कार्यालय अगाडि पानीमा भिजेर नै उनीहरुले प्रदर्शन गरेका छन् ।