Breaking News

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधनपछि कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २ गतेसम्म स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि आज बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको हो ।

अब केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बस्ने नेपाली कांग्रेसका एक पदाधिकारीले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने जनाइएको छ ।