२४ असार, काठमाडौं । सरकारले करिब दुई दर्जन निर्माण तथा सप्लायर्स कम्पनीहरूलाई कालो सूचीमा राख्ने तयारी गरेको छ ।
विभिन्न आयोजनामा ढिलासुस्ति र सन्तोषजनक काम नगर्ने कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्न प्रक्रिया सुरु गरेको हो ।
अनुगमन कार्यालयले पुनः सूचना जारी गर्दै सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अल्टिमेटम दिएको छ । यदि यो समयावधिमा पनि स्पष्टीकरण नदिए कम्पनीहरू कालो सूचीमा पर्नेछन् ।