३१ वैशाख, काठमाडौं । देशमा हत्याहिंसा फैलाउने, जातीय(क्षेत्रीय विद्वेष अझ चर्काउने, सामाजिक सद्भाव च्यात्ने, अराजकता र अनुशासनहीनता बढाउने सहितस जातीय राज्यको मूल नारा लिएर आएकाहरु भारतबाट परिचालित, भारतका बफादार नोकरहरु हुन ।
आजभोली खुल्ला सडकमा खोक्रो रास्ट्रवादको नांगोनाच देखाउन लागी परेकाहरु त अझ खास, सत्ताका भिजिलान्ते हुन, रास्ट्र र सरकारले असल मनसायका साथ हामी नागरिकको हितमा चालेको कूटनीतिक पहल कदमीमाथी बिरोधाभाष स्थिति शृजना गर्ने ऋयचयलब ख्ष्चगक का लक्षणहरु हुन । आलोचक, प्रतिपक्ष या अग्रगामी शक्ति आफूभन्दा माथि देख्यो कि जाई लाग्छन् ।
हिंस्रक उपकरण त हुन् नै , चिन्तनमा पनि अतिवादी । तिनको चिन्तनको रंग सेतो या कालो वाहेक अरु हुँदैन । तिनका विचारको ढाँचा ठ्याम्मै कनिष्ट बुशसंग मिल्दोजुल्दो रहेको छ, जो भन्ने गर्थे, ’थयग’चभ भष्तजभच धष्तज गक, यच बनबष्लकत गक’ । तिनीहरु किन यसो गर्छन् ? किनभने उनीहरु सत्ता प्रति अनुगृहित
हुन्छन् ।
सत्ताको वरद हात तिनको थाप्लोमा हुन्छ, तिनको गुजारा नै सत्ताको भूमिगत भण्डारबाट हुन्छ । ति अकसर मधुशालामा भेटिन्छन, गिलास फुटाउने, कुर्सि भाँच्ने,मुक्कामुक्की गरी हाल्ने तिनका सामान्य दिन चर्या हुन् । सामाजिक मर्यादा ति लाचारहरुको शब्दकोशमा हुँदैन । व्यभिचार तिनको कर्म काण्ड हो, सामाजिक फासिवादी हुन् ।
अरु केही ? निस्चित रुपमा, भुक्तभोगीहरुले थपे हुन्छ !!