बिष्णु रोकाया र मानबहादुर भण्डारी लाई लक्ष्मण बमले सम्मानित अभिभावक स्वीकार गर्न जरुरी छ

मोतिराज बम, महासमिति सदस्य नेकां

३१ वैशाख, काठमाडौं । हालै मात्र कालिकोट जिल्लाको पालाता गाउँपालिका राडुनेटामा भएको घटनाका बारेमा नेपाली काँग्रेसमा महासमिति सदस्य, नेपाली लेखक संघ केन्द्रिय उपाध्यक्ष एवं नेकां केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सदस्य समेत रहनु भएका मोतिराज बम सो घटनाको बारेमा आफ्नो फेसबुकमा स्टाटेस हाल्दै बोल्नु भएको छ । उनी भन्छन्, लक्ष्मण भतिज र बिष्णु भाइहुन । दुबै असल र उम्दा नेताहुन । घटना बिल्कुल निन्दनीय छ । घाइतेहरूको उपचार सस्थागत ढंगले इमिडियट गरियोस् । कसैलाई हेलिकप्टर र कसैलाई बाइक समेत नदिने कार्य नहोस् । र त्यो झगडाले पलाता बाहिरका राजनीतिक दलालहरु सलबलाएको आभास पाएको छु ।

अन्तमा दोषी जोसुकै हुन यो भावाबेश र आवेगको आँगो आफै निभाउन आफैं सक्षम छौ भन्ने सन्देश दिन र कुशल नेतृत्व स्थापित भएको परिभाषित गर्न बिष्णु रोकाया र मानबहादुर भण्डारी लाई लक्ष्मण बमले सम्मानित अभिभावक स्वीकार गर्न जरुरी छ र बिष्णु र मानबहादुरले पनि लक्ष्मणको लचिलोपनलाई आत्मसात गर्नुपर्छ । साथै यो पनि स्मरण रहोस् गत स्थानीय निर्वाचनमा मानबहादुर भण्डारीको बलबुता र बिष्णुको उम्मेदवारी मात्र नभएको भए लक्ष्मण बमको शिरमा पालिका अध्यक्षको पगरी पनि हुन्थेन त्यो ऋृण खुनले होइन गुनले तिर्ने हो ।

म २०४० सालदेखि पलाताको पक्षमा आवाज उठाउँदै र चिन्ता व्यक्त गर्दै आएको ब्यक्ति हुँ ।

राजनीतिक भुटिभाङ बुद्धि नभएकाहरुको पलातामाथि रजाइ गर्ने र नेता हुने प्रचलन उहिल्यै देखिको प्रवृत्ति हो । अहिले त्यो निरन्तरतामा कुत्सित मन भएका दुई कौडिका तोरिलाउरेहरु घटनालाई अतिरन्जित गराएर बल्छिमा बढी चारो हालेर माछा मार्ने दाउँमाछन । त्यो कुरा लक्ष्मण बम, बिष्णु रोकाया र मानबहादुर भण्डारीले मनन् गरिदिन आग्रह गर्दछु ।

अन्तमा दोषी जोसुकै हुन यो भावाबेश र आवेगको आँगो आफै निभाउन आफैं सक्षम छौ भन्ने सन्देश दिन र कुशल नेतृत्व स्थापित भएको परिभाषित गर्न बिष्णु रोकाया र मानबहादुर भण्डारी लाई लक्ष्मण बमले सम्मानित अभिभावक स्वीकार गर्न जरुरी छ र बिष्णु र मानबहादुरले पनि लक्ष्मणको लचिलोपनलाई आत्मसात गर्नुपर्छ । साथै यो पनि स्मरण रहोस् गत स्थानीय निर्वाचनमा मानबहादुर भण्डारीको बलबुता र बिष्णुको उम्मेदवारी मात्र नभएको भए लक्ष्मण बमको शिरमा पालिका अध्यक्षको पगरी पनि हुन्थेन त्यो ऋृण खुनले होइन गुनले तिर्ने हो ।

ठकुरी लाई पनि यो हेक्का रहोस् माटोप्रती ( देश) पहिलो माया क्षेत्रीको हुन्छ । नेपाल बचाउने पनि क्षेत्री नै हुन । ठकुरी पनि हिजो लडे तर क्षेत्रीकै भरमा । भाइ बिष्णुको भनाइले अत्यन्त संयमित र सतर्क भएको छु म “बाघ जिस्काउनु र स्याल जिस्काउनु फरक हो“ वीर अमरसिंह थापाले भनेको पनि त्यही थियो “ म बाघको
डमरु हु सिनो खाने कुकुर नसम्झ“ आखिर अंग्रेजÞ थर्क्यो ।

भतिज लक्ष्मणको मुखाराबिन्दबाट यतिमात्र एक शब्द निस्कोस् भन्ने प्रतीक्षामा छु म “जे हुने भैसक्यो मिलौ इबि नसाधौ“ बस यत्ति भने पुग्छ । महान शक्ति क्षमा हो । भनिन्छ ( गल्ती गर्नु मानवत्व हो , गल्ती दोर्होयाउनु पशुत्व हो , गल्ती स्वीकार गर्नु देवत्व हो ।
नेता मोतिराज बमको फेसबुक बाट सभार