पशुपतिनाथ मन्दिरमा आज जलहरी राख्ने राखिदै

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा आज जलहरी राख्ने तयारी भएको छ । जलहरी राख्दा सुनमा अनियमितता गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

छानबिनका क्रममा आयोगसहितको टोलीले आइतबार पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरी नापजाँच गरेको थियो।

आयोग उच्च स्रोतका अनुसार आज बुधबार केहीबेरमा जलहरी राख्ने तयारी छ । पशुपतिनाथ मन्दिरका मूल भट्टमार्फत जलहरी राख्न भारतबाट कालिगड र लाह बोकेर टोली आज नेपाल आइसकेको छ ।

पशुपति विकास कोषका एक अधिकृतका अनुसार जलहरीको नापजाँच मुचुल्का उठाइसकेकाले मन्दिरमा लगाइराखेको जलहरी पुनः राख्ने तयारी भएको
हो । यसका लागि आयोगले समेत स्वीकृति दिइसकेको छ।