काठमाडौँ । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको छ।
त्यसैगरी आजदेखि बैठकमा मन्त्रीहरूले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यको सुरुवात हुनेछ । जसअनुसार आज गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।
बजेट छलफलको क्रममा सांसद्हरुले समावेसी वितरण नभएको आरोप लगाइरहेका छन् । सत्तारुढ दलहरूले नै असन्तुष्टि जनाएपछि बजेटका केही बुँदा संशोधन गरेर पारित गर्ने तयारीमा सरकार जुटेको छ ।