हवाइ इन्धनको मूल्य घट्यो

काठमाडौं । सरकारले हवाइ इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमले आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँ घटाएर एक सय ५० रुपैयाँ प्रतिलिटर कायम गरेको छ ।

अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनमा साबिकको मूल्यमा प्रति किलोलिटर २ सय अमेरिकी डलर ९प्रतिलिटर करिब २६ रुपैयाँ० ले घटेको छ ।

मूल्य समायोजनपश्चात् भारतको कोलकाताको हवाइ इन्धन ९आन्तरिकतर्फ० को बिक्री मूल्यको तुलनामा काठमाडौंमा बिक्री हुने मूल्यप्रति लिटर ३।६९ रुपैयाँले सस्तो भएको छ ।

अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।