४ असार, काठमाडौं । आज काठमाण्डौमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी नेपाल र नेपाल कम्युनिस्टसहित चार दलले समाजवादी मोर्चा घोषणा भएको छ । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा नेताहरुले हातेमालो गरेर खुसी साटेका पनि थिए।
सहमतिपत्र अनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ । नीतिगत निर्णय गर्न अध्यक्षहरु सहितको संयोजन समिति हुनेछ भने स्थानीय तहसम्म विस्तार गर्न सकिने बताइएको छ ।
मोर्चाको घोषणापत्र