काठमाडौं । पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीचको वार्ता बिना निष्कर्ष सकिएको छ । सोमबार विराटनगरको विग होटलमा बसको वार्ता टोलीबीचको बैठक पाँच घण्टापछि कुनै निष्कर्ष बिना नै सकिएको हो ।
सरकारद्वारा गठित टोलीका संयोजक तिलकुमार मेन्याङ्बोले नामकरणको विषय वस्तुमा प्रवेश गरेको बताउँदै पुनः छलफल हुने सहमति भएको बताए ।
०७९ फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै प्रदेशको कोशी नामको विरोधमा पहिचान पक्षधर पछिल्लो समय सडक आन्दोलनमा छन् ।