३२ जेठ, काठमाडौं । सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाइ चरित्रहत्या गरेको अभियोगमा एक जना किशोर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कञ्चनपुर दोधारा चाँदनी नगरपालिका-४ बस्ने १८ वर्षीय किशोर रहेका प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धान र प्राविधिक विश्वलेषणबाट ती किशोरको संलग्नता रहेको खुल्न आएपछि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा उनलाई कञ्चनपुरबाट पक्राउ गरेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
उनीउपर विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप भई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।