Breaking News

सत्तारुढ दलका शीर्ष नेताबीच आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा संशोधन गर्ने सहमति

३० जेठ, काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताबीच आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा संशोधन गर्ने सहमति भएको छ । बजेटको विनियोजन असन्तुलित भएको गुनासो आएकाले ती गुनासोलाई सम्बोधन गर्ने सहमति भएको हो ।

‘बजेट पारित नहुँदै केही शीर्षकमा मिलाउन मिल्छ भन्ने आएको छ । मिलेसम्म त्यसरी मिलाउने, नमिलेका विषयमा पछि बजेट पारित गरेपछि पनि मिलाउने भन्ने भएको छ । बजेट परेका क्षेत्रमा थप्ने, बढी भएका क्षेत्रमा घटाउने विषयमा नेताहरुबीच सहमति भएको छ ।

बजेट वक्तव्यमा उल्लिखित करका दर संशोधन हुने वा नहुने विषयमा भने आफूलाई जानकारी नभएको गजुरेलले
बताए ।

खासगरी सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक रुपमा नै बजेट संशोधन गर्नुपर्ने बताउँदै आएका छन् ।