Breaking News

इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन

जेठ । इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन भएको छ । ६ सातादेखि अस्पतालमा उपचाररत बर्लुस्कोनीको ८६ वर्षको उमेरमा सोमबार निधन भएको हो ।

बर्लुस्कोनी चार पटक इटालीको प्रधानमन्त्री भएका व्यक्ति हुन । उनी सबैभन्दा पहिले सन् १९९४ मा पहिलो पटक इटालीको प्रधानमन्त्री बनेका थिए भने त्यसपछि सन् २००१ देखि २००६ सम्म इटालीको प्रधानमन्त्री थिए ।

सन् २००८ मा पुनः सत्तामा फर्किए तर ऋण संकटका कारण २०११ मा राजीनामा दिनुपर्यो र उनी राजनीतिबाट पनि टाढा भए । तर, २०१७ मा उनी फेरि सक्रिय राजनीतिमा प्रवेश गरेका थिए ।

सन् १९३६ मा इटालीको मिलानमा जन्मेका सिल्भियो बर्लुस्कोनी इटालीको सबैभन्दा ठूलो व्यावसायिक प्रसारणकर्ता मिडियासेटका मालिकसमेत हुन । उनी चर्चित फुटबल क्लब एसी मिलानका मालिकसमेत रहेका थिए ।

हाल, उनको पार्टी फोर्जा इटालिया इटालियन सरकारमा सहयोगी छ । इटालियन राजनीतिमा, सिल्भियो बर्लुस्कोनीलाई किंगमेकर मानिन्थ्यो र आफ्नो राजनीतिक करियरको उचाइमा, उनी इटालीको शक्तिको केन्द्रमा थिए ।

इटालीका किंग मेकर मानिने बर्लुस्कोनी सन २०१२ मा कर छलीको आरोपमा फसेका थिए भने सन् २०१३ मा भने सेक्स स्क्यान्डलको गम्भिर आरोप लागेको थियो ।

एजेन्सी