Breaking News

काठमाडौं महानगरपालिकाले दुइटा अस्पताल सिल

काठमाडौं महानगरपालिकाले दुइटा अस्पताल सिल गरेको छ।

महानगरपालिकले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र जडिबुटीमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। उनका अनुसार अनुगमनका क्रममा बिना दर्ता सञ्चालन गरिएको अस्पताल सिल गरिएको हो।

ती अस्पतालले सम्बन्धित निकायमा दर्ता समेत नगरेको र मापदण्ड पालना नगरी सञ्चालन गरिएको भेटिएको हो ।