प्रधानमन्त्री ‘प्रचण्ड’ रोष्टममा सांसदहरूले बोल्न पटक-पटक अवरोध गरे

आजको संसद बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोष्टममा गएर जवाफ दिने क्रममा सांसदहरूले पटक(पटक अवरोध गरेका छन्।

नागरिकता विधेयक प्रमाणीकरणका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले प्रष्टीकरण दिइरहेका बेला सुरूमा एमाले सांसदले उठेर अवरोध गरेका थिए।

बिशेषगरी बिपक्षका सांसदहरूले बोल्न अवरोध गरेपछि सत्तापक्षका सांसदहरुबीच वादविवादमा उत्रिएका थिए।