प्रभु बैंकले युरोपको एक बैंकबाट ५० लाख डलर अर्थात ६६ करोड २७ लाख रुपैयाँ प्राप्त

काठमाडौं । प्रभु बैंकले युरोपको एक बैंकबाट ५० लाख डलर अर्थात ६६ करोड २७ लाख रुपैयाँ प्राप्त गरेको छ ।

विश्व वातावरण दिवसका अवसरमा हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न ऋण सुबिधा बापत लक्जेम्बर्गको ‘एमएसएमई ईन्टरप्राईजेज बन्ड एस ए’ बाट सवा ६६ करोड रुपैयाँ प्राप्त गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनका अनुसार चार बर्ष अबधिका लागि बैंकले ऋण प्राप्त गरेकोे हो । उक्त रकम सार्वजनिक यातायात र व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारीसाधनहरू खरीद तथा आयातका लागि सहज रुपमा उपलब्ध गराईने छ ।

बैंकले बैकल्पिक उर्जा तथा एमएसएमई ब्यबसाय प्रबर्द्धनका लागि अन्य अन्तर्राष्ट्रिय संस्थाहरुसँग पनि सहकार्य गरिरहेको बैंकले जनाएको छ ।