महिला टी-२० क्रिकेट प्रतियोगितामा आज नेपाल र मलेसिया बिच प्रतिस्पर्धा हुँदै

काठमाडौं । महिला टी-२० क्रिकेट प्रतियोगितामा आज नेपाल र मलेसिया बिच प्रतिस्पर्धा हुँदैछ । महिला टि-२० को अन्तिम श्रृखंलामा आज पुनः नेपाल जीतका लागि मलेसियासँग भिडन लागेको हो ।

यसअघि खेलमा नेपालले दुई खेलमा जीत तथा दुई खेलमा पराजय भोग्नु परेको थियो । पहिलो र चौथो खेलमा पराजय भोगेको नेपालले दोस्रो र तेस्रो श्रृंखलामा भने बिजय हासिल गरेको थियो ।

मलेसियामा जारी द्विदेशीय श्रृङ्खलाको शनिबार बिहान भएको खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पूरा गरेर चौथो श्रृखंलामा बिजेता बने पछि नेपाल-मलेसियाका जीत हार बराबर बन्न पुगेको छ ।

आज हुने खेलमा दुबै देश बिजयका लागि मैदानमा उत्रने छन् ।