अब १ सय रुपैयाँमा अधिकृत पुँजी राखेर पनि कम्पनी दर्ता गर्न पाइने

काठमाडौं । अब १ सय रुपैयाँमा अधिकृत पुँजी राखेर पनि कम्पनी दर्ता गर्न पाइने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले बजेटमा यस्तो व्यवस्था गरिएको बताए ।

अर्थमन्त्री महतले १ सय रुपैयाँ पुँजीमै कम्पनी दर्ता गर्न सकिने, पुँजी बढाउन शुल्क तिर्नु नपर्ने व्यवस्था गरिने घोषणा गरेका हुन् । यस्तै, अनलाइन मार्फत कम्पनी खोल्न र बन्द गर्न सकिने व्यवस्था गरिने पनि अर्थमन्त्री महतले बताए ।