देशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली

काठमाडौं । हाल कोसी र मधेस प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने कोसी र वाग्मती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ–गर्जन÷चट्यानसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागहरूमा आंशिक बदली रहनेछ ।

पहाडी भूभागका केही स्थानहरूमा मेघ–गर्जन÷चट्यानसहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसबाट जोगिन र हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।