प्रतिनिधिसभाको बैठक साँझ ६ बजेका लागि तोकियो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक साँझ ६ बजेका लागि तोकिएको छ । एमालेको अवरोधका कारण मध्यान्ह साढे १२ देखि स्थगित भएको बैठक साँझ ६ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयका महासचिव डा।भरतराज गौतमले जनाएका छन् ।

२० मिनेटका लागि भनेर स्थगित गरिएको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो । प्रतिपक्षी दल एमाले र सत्तापक्षबीच कुरा नमिल्दा बैठकको समय पछि धकेलिएको हो ।

संसद सचिवालयको सूचनामा भनिएको छ, आज मिति २०८० साल जेठ १२ गते शुक्रबार सूचना प्रकाशित गरी दिनको ३स्०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९२० को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक आजै बेलुका ६:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा० सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।ु