युरोपेली मुलुक फ्रान्सले छोटो दुरीका हवाई उडानमा रोक

११ जेठ, काठमाडौं । युरोपेली मुलुक फ्रान्सले छोटो दुरीका हवाई उडानमा रोक लगाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कार्बन उत्सर्जन कम गर्न भन्दै फ्रान्सले छोटो दुरीका गन्तव्यमा जहाज उडाउन नपाइने नियम ल्याएको हो । रेलमा साढे दुई घण्टामा पुगिने गन्तव्यमा अब जहाज उड्ने छैनन् ।

फ्रान्स सरकारको यस्तो नियमले ट्रान्जिट उडानमा भने कुनै पनि असर नगर्ने समाचारमा उल्लेख छ । फ्रान्सले यो नियम खासगरी निजी जेटहरुको बढ्दो संख्या नियन्त्रण गर्न ल्याएको बताइएको छ ।