Breaking News

रुकुमपश्चिमको बाँफिकोटमा जिप दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिकामा बिहान भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।

आज बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटना भएको हो।

दुर्घटनामा सानीभेरी गाउँपालिकाका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षका देउचन खत्री, बाँफिकोट गाउँपालिका–८ का २२ वर्षीय रेखा खनाल ९केसी०, उनका छोरा रोशन केसी र सोही ठाउँकी २३ वर्षीय सितला नाम गरेकी यात्रुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा १० जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका ५ जनालाई उपचारका लागि सुर्खेतबाट हेलिकप्टर मगाइएको इलाका प्रहरी कार्यालय ९बाँफिकोट, रुकुमपश्चिम० का वरिष्ठ प्रहरी हल्वदार रामकुमारी विष्टले जानकारी दिइन्।

अन्य पाँच जनालाई उपचारका लागि रुकुमपश्चिमको खंलगा लगिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *