कांग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिस्पर्धा भइरहेको छ

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

३ जेठ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिस्पर्धा भइरहेको बताएका छन् ।

काठमाडौंमा बुधबार मदन–आश्रित स्मृति दिवसमा उनले अहिले नेपाल भ्रष्टाचारमा डुबेको बताउँदै यसमा कुनै विचार र सिद्धान्तले काम नगरेको बताएका हुन् ।

‘नेपाल भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ, के कम्युनिष्ट, के कांग्रेस, भ्रष्टाचार गर्ने कुरामा लगभग प्रतिस्पर्धा भइरहेको छ,’ अध्यक्ष नेपालले भने ।

उनले सरकारमा रहेकाहरुमा कसरी पैसा कमाउने र कसरी जनतालाई लुट्ने भन्ने प्रवृत्ति हाबी रहेको भन्दै नेपाली राजनीतिलाई जोगाउन चुनौती भएको बताए ।

अर्को फरक प्रसंगमा अध्यक्ष नेपालले नेकपा एमाले अलोकतान्त्रिक बनेको आरोप लगाउँदै यस्ता अलोकतान्त्रिक चरित्रहरु हटाउन एमाले(कार्यकर्ताहरुलाई सुझाव दिए ।

अध्यक्ष नेपालले एमालेभित्र नीतिभन्दा नेता प्रधान र व्यक्तिवाद हाबी भएको र जबजबाट विचलित भएको आरोपसमेत लगाए ।